वक्तृत्वकलामा भिमफेदीकी सुस्मा प्रथम

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १८:२१

मकवानपुर, २० असार । जिल्ला युवा समितिको कार्यालय मकवानपुरद्वारा युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयक वक्तृत्वकलामा भीमफेदी गाउँपालिका वडा नम्बर ५ की सुष्मा पुडासैनी प्रथम, हेटौँडा १७ की कञ्चन घिमिरे द्वित्तिय, हेटौँडा १४ की अञ्जली घिमिरे तृतिय र हेटौँडा ४ का मधुसुदन अधिकारी सान्त्वना भएका छन् ।

विजेताहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १६ वर्षदेखि २४ वर्ष उमेर समूहका १० जना प्रतियोगीहरु सहभागी थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*