हेटौँडामा ५ सय विद्यार्थीको आँखा परिक्षण

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १७:१३

मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा बुधबार ५ सय जना विद्यार्थीको आँखा परिक्षण गरिएको छ । बुधबारबाट शुरु भएको आँखा शिविरमा उनीहरुको आँखा जाँच गरिएको बताइएको छ ।

विद्यालयको नियमित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा शिविर भएको हो । कार्यक्रम अन्तर्गत बुधबार र बिहीबार प्राविधिक टोलीको सहयोगमा कक्षा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिनेछ ।

बुधबार भएको शिविरमा कक्षा पाँचसम्मका ५ सय जना विद्यार्थीले आँखा परिक्षण गरिएको शिक्षक सिएम रिमालले जानकारी दिए । आँखा परीक्षण गरेका विद्यार्थीहरुमध्ये २८ जनाले अस्पतालमै परीक्षण गराउनु पर्ने उपस्थित प्राविधिक टोलीले जानकारी दिए ।

पूनः शुक्रबार हुने अर्को परीक्षणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु रहने छन् । नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुको स्वास्थ्यमा देखिएका समस्याहरु पत्ता लाग्ने तथा बेलैमा उपचार गर्न सजिलो हुने हुँदा स्वास्थ्य परीक्षण नियमित गरिएको विद्यालयका निर्देशक दिपेश जोशीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*