हेटौँडामा २२ टोल विकास संस्थालाई क्षमता अभिवृद्धि तालिम
मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा २२ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । टोेलविकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजना तथा हेटौडा उपमहानगरपालिकाको सहयोगमा मंगलबार तालिम समापन भएको हो ।
११ नम्बर वडामा रहेका २२ वटा टोलविकास संस्थाका अध्यक्ष सचिव र कोषाध्यक्षको तालिममा सहभागिता रहेको थियो । टोल विकास संस्था ११ नम्बर वडा समन्वय समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उप्रप्रमुख लामाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै टोल विकास संस्थामा रहेका अन्य सदस्यहरुलाई पनि सिकाउन अनुरोध गरिन् ।
२२ वटा टोल विकास संस्थालाई दुई वटा समुहमा विभाजन गरि भएको तालिमको सहजिकरण रिपेश दाहाल, तेजप्रसाद रुपाखेती, शर्मिला श्रेष्ठ र देवकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुली, टोल विकास संस्था नगर समन्वय समितिका कार्यबाहक अध्यक्ष धु्रव अधिकारी, ११ नम्बर वडा सदस्य जुना दाहाल, रामचन्द्र न्यौपाने, ५ नम्बर वडा समतिकिा सदस्य ज्ञानबहादुर थापा, सामुदायीक सेवा केन्द्र थानाभ¥याङका उपाध्यक्ष शालिकराम पूडाशैनी लगायतकाको आतिथ्यता रहेको थियो ।
