नवोदयमा राष्ट्रिय सेवा दल

तु खबर संवाददाता
२०७५ असार १९, मंगलवार १६:५५

मकवानपुर, १९ असार । हेटौंडा–४ मा रहेको नवोदय शिुशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल तालिमको पहिलो प्रवचन भएको छ । मङ्गलबार भएको तालिममा गोरख दल सुपारेटारका लेफ्टिनेन्ट कर्नेल सुजित खड्काले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै खड्काले विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास, अनुशासित र क्षमतावान् छोराछोरी निर्माण, विपद् व्यवस्थापन तथा उद्दारमा स्वयम्सेवक जनशक्ति उत्पादन गरी राष्ट्र विकासमा सहयोग, राष्ट्रको हरेक क्षेत्रमा काम गर्न सक्ने अनुशासित राष्ट्रप्रति समर्पित र क्षमतावान् युवा उत्पादनको कार्य दलबाट गरिने बताए । ७७ जिल्लाका १९ वटा विद्यालयका ७ हजार ७ सय जना विद्यार्थीले यसवर्ष तालिम लिने खड्काले बताए ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम योजना अन्तर्गत परेको कार्यक्रम हो । यसको स्थापना वि.सं.२०२७ सालमा नेपालमा भएको हो । नेपाली सेनाले प्रदान गरिने तालिम शिक्षा मन्त्रालयसँग पनि आवद्ध रहेको छ । राष्ट्रिय सेवा दल तालिममा यस विद्यालयका ३८ जना छात्र–छात्राले ८९ दिन विद्यालयमै दिनको एकघण्टा तालिम लिने तथा मोरङको याङसिलामा अन्य विद्यालयसँग रहेर २१ दिन तालिममा सहभागिता जनाउने छन् । शारीरिक विकास नै जीवनको अभिन्न पाटो हो भन्दै उपस्थित अभिभावक, विद्यार्थीलगायतलाई स्वागत मन्तव्य विदालयका निर्देशक दिपेश जोशीले व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा अभिभावक शिक्षक सङ्घका अध्यक्ष दिपेन्द्र चन्द ठकुरी,लालबहादुर पौडेल, प्रधानाध्यापक शकुन्तला जोशी तथा नेपाली सेनाका सिद्धार्थ पौडेलको उपस्थित रहेको कुरा विद्यालयका प्रशासक सुरज वस्नेतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*