३ नम्वर प्रदेशका सभामुख श्रेष्ठले कुर्लिदै भने : “घरमा सुतेर बस्ने अनि साम्प्रदायिक कारणले अवसर दिएनन् भन्ने?” खुल्ला प्रतिस्पर्धामा आउनुस्
मकवानपुर १९ असार । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्पुर्ण जात धर्म र सम्प्रदायका मानिसलाई खुल्ला मानशिकताका साथ खुल्ला प्रतिस्पर्धामा आउन अनुरोध गरेका छन् । नेपाल तामाङ घेदुङ ३ नम्वर प्रदेश कार्यसमितिको आयोजनामा भएको संविधान कार्यान्वयन र तामाङ् पहिचान विषयक एक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले सम्पुर्ण जात धर्म र सम्प्रदाय समान रहेको र सबैले खुल्ला मानसिकताका साथ खुल्ला प्रतिस्पर्धामा आउनुपर्ने बताए ।
नेपाली समाजमा बिगतमा जस्तो जात, धर्मको आधारमा विभेदको अवस्था हाल नरहेको र नेपालको संविधानले पनि विभेदपुर्ण व्यवहार नगरेको श्रेष्ठको तर्क थियो । उनले भने “आफुहरु सानो हौं भन्ने मानसिकता तपाई हामिमा जबसम्म रहन्छ तबसम्म हामि आफैं पछि पर्ने हो ,ताकी हामीलाई कसैले पछि पारेको होईन । ”
उनले अझै थपे “घरमा सुतेर बस्ने अनि अधिकार पाईएन भन्दै अर्कालाई आँैल्याउने ? हाम्रो बानी नै गतल भो । प्रक्रितीले सबैलाई समान बनाएको छ । हामि आफु प्रतिस्पर्धामा आउनु आवश्यक छ । अनि मात्र अवसरको कुरा गर्न मिल्छ । ”
कार्यक्रमका विषेश अतिथि समेत रहेका सभामुख क्षेष्ठले संविधानमा भएका तामाङ नेवार तथा अन्य सम्प्रदायमा अधिकारको शुनिश्चितता गर्न आफुले डटेर लाग्ने बताए । लडाई झगडाले मात्र मुलुकमा शान्ति नआउने उनको भनाई छ ।
कार्यक्रममा ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उपसभामुख राधिका तामाङ प्रम्ुख प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बाँनिया,लगाएत प्रदेश सभाका साँसदहरुले मन्तव्य राखेका थिए ।
