मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १५:२०

काठमाडौँ १८ असार । मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिए ।

बा७१प ७८४३ नं को मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*