वर्षाले पर्खाल भत्काएपछि सुत्केरीसहित ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १५:०७

रोल्पा, १८ असार । अविरल वर्षाका कारण घर माथिको पर्खाल भत्किएर पुरिँदा रोल्पामा आज एक सुत्केरी महिलासहित ३ जनाको ज्यान गएको छ ।

पर्खालमा पुरिएर रोल्पाको रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

आज बिहान साढे १० बजेतिर आगो तापीरहेका समयमा पर्खाल भत्कीएर घर पुरिँदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*