मकवानपुरमा १५ प्रतिशत मात्र रोपाई, किन भएन रोपाई ?
मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरमा असार १५ का दिनसम्म केबल १५ प्रतिशत मात्रै धान रोपाइ भएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका अनुसार यो तथ्यांक सार्वजनिक गरिएको हो ।
मकवानपुरको कुल खेतीयोग्य जमिन मध्ये ११ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेता पनि समयमा पानी नपर्नु र बिउ राख्ने समयमा खडेरी परेका कारण रोपाईमा ढिलाई भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरकी बाली विकास अधिकृत रचनादेवीले जानकारी दिएकी छिन् । करिब ६५ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको मकवानपुरमा धानको बिऊ,मल लगायतका कारणले समयमै रोपाई गर्न नपाएका हुन् ।
