सामुदायिक वनका विषयमा हेटौँडाका विद्यार्थीसँग अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १७:१६

मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडामा सामुदायिक वनका विषयमा विद्यार्थीहरुसँग शुक्रबार अन्तरक्रिया गरिएको छ । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विद्यार्थीहरुबिच अन्तरक्रिया गरिएको हो ।

समूहको चालु आर्थिक वर्ष ०७४–०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको समूहले जनाएको छ । कार्यक्रममा वन ऐन २०४९, वन नियमावली २०५१, सामुदायिक वनको मार्गदर्शन, समूहको विधान, कार्ययोजना र समूहले गरेका कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा बंशगोपाल मावि र भानु माविमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा हेटौँडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, समूहका अध्यक्ष कृष्ण विडारी, सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा भएको गोष्ठीमा बंशगोपाल माविका शिक्षक तारानाथ खतिवडा, भानु माविका शिक्षक निर्मल धिताल, समूहका कोषाध्यक्ष बसन्त अधिकारी, सहसचिव भवानी गौतम लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*