मकवानपुर प्रहरीले बुझायो ३ थान मोबाईल

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १६:५५

मकवानपुर, १५ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका मोबाईलहरु फेला पारी शुक्रबार मोबाईल धनीलाई बुझाएको छ ।

मोबाईल हराएको भन्दै विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका निबेदकहरु मध्ये बिशेष प्रबिधिको प्रयोग गरी खोज तलास गरेर ३ थान मोबाईल फेला पारी मोबाईल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौडा–११ बस्ने मेनुका श्रेष्ठको गत चैत ३१ गते हराएको सामसुङ जे ७, दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान लालमान तामाङको यही असार ७ गते हराएको जीवनी र हेटौँडा–४ बस्ने बिरेन्द्र प्रसादको गत वर्षको माघ १२ गते हराएको सामसुङ मोबाईल उनीहरुलाई फिर्ता गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*