कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १६:२५

कञ्चनपुर १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।

बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।

चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो ।

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*