चितवनमा एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

तु खबर संवाददाता
२०७५ असार १५, शुक्रबार १६:१९

चितवन १५ असार । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो ।

एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरे ।

सो अवसरमा उनले विश्व बातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रम शुभारम्भ गरेको भन्दै गृहमन्त्रालयले आफ्ना मातहतका कार्यालयहरूमा एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम गर्न निर्देशन दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*