हेटौँडामा अश्लिल फिल्म, नेपाली चलचित्र र गीत बिक्री गर्नेमाथि कारवाही हुने

तु खबर संवाददाता
२०७५ असार ११, सोमबार १८:१८

मकवानपुर, ११ असार । मकवानपुरको हेटौँडा बजारमा रहेका मोबाईल पसलहरुमा अश्लिल फिल्म र नेपाली चलचित्र तथा गीतहरु खुल्लाम खुल्ला डाउनलोड गर्दै बिक्री बितरण गर्ने गरिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले त्यसको विरोध गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल बजारमा केही मोबाईल पसलहरुबाट नेपाली गीत, संगीत, चलचित्र र अश्लिल भिडीयोहरु व्यक्ति व्यक्तिको मोबाईल तथा मेमोरी कार्डहरुमा डाउनलोड तथा कपी गरी विक्री वितरण गर्ने गरेको जानकारी प्राप्त भएको भन्दै यस्तो कार्यमा प्रतिलिपि अधिकार ऐन आकर्षित हुने भएकोले कारवाही गर्ने चेतावनी दिएका हुन् ।

संघले यस्ता गैरकानूनी कृयाकलाप नगर्न नगराउन सम्बन्धित व्यवसायीहरुमा अनुरोध गर्दै अनुगमनका क्रममा गैरकानूनी कृयाकलापहरु गरेको फेला परेमा कानूनी कार्वाहीको भागिदार स्वयं सम्बन्धित व्यवसायीहरु नै हुने पनि जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*