मकवानपुरको थाहा नगरपालिकाले गर्यो तेस्रो नगरसभाको बजेट ५१ करोेड १ लाख ७८ हजार विनियोजन

तु खबर संवाददाता
२०७५ असार ११, सोमबार ०८:४०

मकवानपुर ११ असार । मकवानपुरको थाहा नगरपालिकाले तेस्रो नगरसभाको बजेट ५१ करोेड १ लाख ७८ हजार विनियोजन गरेको छ ।

थाहा नगपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीले सभामा नीति तथा कार्यक्रम सहित उक्त रकमको बजेट पेश गरेका हुन् ।

नगर उपप्रमुख गोपालीले सशर्ततर्फ १९ करोड ३३ लाख ५० हजार, आन्तरिक स्रोत २ करोड ८० लाख ५० हजार, राजश्व बाँडफाँड ९ करोड २८ लाख, अन्य आय ५ लाख वित्तिय समानिकरण अनुादन १२ करोड ९९ लाख ७८ हजार अन्य सरकारी अनुदान ४५ लाख र सामाजिक सुरक्षा भत्ता ६ करोड १० लाख रुपियाँ समावेश गरी बजेट सभामा पेश गरेका हुन् । उनले चालु खर्चतर्फ ६ करोड ४५ लाख २५ हजार, पुँजीगततर्फ १९ करोड १३ लाख ३ हजार विनियोजनका लागि बजेट पेश गरेका हुन् । हिजो आईतबार भएको नगरसभा थाहा नगरका मेयर लबशेर विष्टको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*