भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले विनियोजन गर्यो ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट
मकवानपुर ११ असार । भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । भीमफेदी गाउँपालिकामा भएको तेश्रो गाउँसभा तथा आर्थिक वर्ष २०७५ ०७६ को बजेट भाषण तथा नीति तथा कार्यत्रम सार्वजनिक समारोहमा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बजेट प्रस्तुत गरेकि हुन् ।
युवा रोजगार अभीबृद्धिको लागी प्याकेजको अवधारणा बनाइ राष्ट्रिय स्तरमानै मासुजन्य पशुपालनमा टेवा पुर्याइने लक्ष लिएको छ । यसैगरी पर्यटन विकासमा एैतिहासिक चिसापानी गढी देखी मैत्री पार्क, त्रिखण्डी,पाण्डब पोखरी,हात्तीसार लाइ प्राथमीकतामा राखेको छ । धुन्ध्रु खोला र तारेभीर रकक्लाइबिगं बन्ने निश्चित भएको छ । लघु घरेलु तथा साना उधोग संञ्चालनमा ल्याउने प्रावधान समेटिएको छ ।
शैक्षिक विकासमा यसै बर्ष बाट प्राबधिक इञ्जीनियर तथा कृषि प्राबधिक बिद्यालय संञ्चालनमा ल्याइने तथा महिलामुखी नमुना ब्यबशाय सबै वडामा बिस्तार गर्ने रहेको छ । स्वास्थ्य कार्यक्रममा प्राथमीक स्वास्थ्य केन्द्र लाइ पन्ध्र शैया बिस्तार सहित चार वटा सामुदायीक स्वास्थ्य इकाइ घर आंगन स्वास्थ्य कायैक्रम चलाइने भएको छ ।
कार्यक्रममा गाउँपालीकाले उत्कृष्ट कर्मचारीलाइ सम्मान तथा पुरस्कृत समेत गरेको थियो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
