खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार १६:०१

मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले हाल रोजगारीमा जान चाहाने युवाहरुको मन जितिरहेको छ । एन्ड्रोयड मोवाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोर मार्फत Prabasi Ko Saath टाइप गरि डाउनलोड गर्ने गरिन्छ । एक पटक मोवाईलमा डाउनलोड गरीसकेपछि ईन्टरनेट बिनानै यो एप्सलाई चलाउन सकिन्छ । वैदेशिक रोजगारीको प्रक्रियागत जानकारीका साथै आम्दानी, खर्च, बचत र विप्रेषण विश्लेषण गर्नमा समेत सहयोगी भएका कारण विदेश जान चाहने तथा गएका युवाहरुले आफ्नो मोवाईलमा डाउनलोड गर्न थालेका छन् ।
नेपाली तथा अंग्रेजी भाषामा चलाउन सकिने यो एप्सबाट आफु जाने देशको सम्पुर्ण जानकारी प्राप्त गर्नुको साथै आवश्यक कागजातको विवरण समेत सहज तरीकाले थाहा पाउन सकिन्छ । आवश्यक कागजातको विवरण ,कागजातको नमुना, विभिन्न स्वास्थ्य केन्द्रको जानकारी ,स्वास्थ्य परिक्षण शुल्क , शिप विकास केन्द्र ,नेपालका सम्पुर्ण मेनपावर कम्पनीको नामावली र ठेगानाको विवरण, समेत समावेश गरिएको छ । विदेशमा गएपछि गर्न हुने र नहुने कामको जानकारी ,साथै आफुले जान चाहेको देशको धर्म, भाषा, सार्वजनिक विदा ,शासन व्यवस्था ,देशको क्षेत्रफल, जनसंङख्या र राजधानी लगाएतका जानकारी समावेश गरीएकोले युवाहरु विदेशजानु अघि नै उक्त देशको बारेमा जानकार हुने विशेषता यो एप्सले बोकेको छ ।
नेपालमा हुँदा आवश्यक कागजात कसरी बनाउने कागजात बनाउन कहाँ जाने र के के आवश्यक हुने जस्ता जानकारी समावेश गरिएकोले पनि युवाहरुले खुबै चासो दिएर उक्त एप्सको प्रयोग बढाईरहेका छन् । साथै विदेश जान आवश्यक विभिन्न प्रक्रियाको लागि के कति पैसा आवश्यक पर्दछ त्यसको जानकारी र प्रक्रियाहरु क्रमैसँग कसरी अगाडी बढाउने भन्ने जानकारी समेत समावेश गरिएको छ । आफु जाने देशको लागि विभिन्न प्रक्रियामा कति खर्च भयो र पुगेपछि आफ्नो बसाई अवधिभरमा के कति कमाई हुन्छ त्यसको विवरण निकाली आफ्नो बसाई अवधिमा कमाईने पैशाको विवरण समेत बिना ईन्टरनेट जान्न सकिने यस एप्सको बिषेशता हो । संचालन गर्न निकै सहज र विना झण्जट आफ्नै मोबाईलमा बैदेशिक रोजगारीको बारेमा सम्पुर्ण जानकारी पाईने उक्त एप्सको प्रयोग मुलुकका विभिन्न स्थानमा जस्तै मकवानपुरमा पनि बढेको छ । प्रवासीको साथ मोवाइल एप्लिकेशन चलाउने तरिका बारे एचबदबकष् प्य क्बबतज फेसबुक पेज लाइक गरी त्यसभित्र भिडियोमा समेत हेर्न सकिन्छ । –– www.prabasikosaath.com बाट अनुदित गरिएको

एप्लीकेशनमा भएका सामान्य जानकारीका स्क्रिन सटहरु

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*