६७ औँ नेपाल स्काउट स्थापना दिवसमा मकवानपुरमा वृक्षारोपण र सम्मान

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार ०७:२१

मकवानपुर, ०६ असार । नेपाल स्काउटको सुरुवात वि.स.२००९ साल असार ५ गते भएको अवसरमा ६७ औं स्थापना दिवस मकवानपुरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका उपलक्ष्यमा जिल्ला स्काउट कार्यालय मकवानपुरले मंगलबार वृक्षारोपण कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

नेपाल स्काउट मकवानपरका जिल्ला आयुक्त बेली थापाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालीकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ‘एक स्काउट एक विरुवा’ नारा दिएर ६० जना स्काउट ,रोभर रेन्जर, स्काउटर र जिल्ला स्काउट मकवानपुरका पदाधिकारीहरुले अशोक ,कपुर,तेजपात,अमला,काईयो र गुलमहरका ६० वटा विरुवा जिल्ला स्काउट कार्यालय तथा बालज्योती मा.वि. पिप्लेको परिसरमा रोपण गरिएको छ ।

२०७२ सालमा आएको भुकम्पमा पीडितको उद्दार, राहत तथा पुर्नस्थापना कार्यमा सहभागी भई सहयोग गरेका ३२ जनालाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट प्रदान गरिएको विपद उद्दार पदक २०७३ र प्रमाणपत्र वितरण समेत कार्यक्रममा गरिएको थियो । साथै नेपाल स्काउटको तेश्रो राष्ट्रिय ज्याम्बोरीमा स्वंयसेवक भई खटेर कार्य गर्ने ९ जना रोेभर रेन्जरहरुलाई ज्याम्बोरी मेडल तथा प्रमाण पत्र प्रदान गरेको जिल्ला स्काउटका मकवानपुरका तालिम आयुक्त(पु.) अशोक सारु मगरले बताए ।

कार्यक्रमका प्याब्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, बालज्योती मा.वि. का प्रधानाध्यापक श्रीराम दाहाल, सह जिल्ला आयुक्त रामहरी मैनाली, जिल्ला समन्वय आयुक्त उद्दव उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*