वन उपभोक्ता महासंघ मकवानपुरमा हुण्डीमुण्डीमै समिति चयन, अदालतमा मुद्धा

तु खबर संवाददाता
२०७५ जेष्ठ २४, बिहीबार १९:५७

मकवानपुर, २४ जेठ । हेटौँडा उपमहानगरपालिका सामुदायिक वन उपभोक्ता महासंघको कार्य समिति चयन तथा विभिन्न सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति चयन गर्दा बैठक पुस्तिकामा निर्वाचन समितिका संयोजकले हस्ताक्षर नगरीकन नै समिति बनाइएको खुलासा भएको छ । सामुदायिक वनको विधान र सांगठनिक नियमलाई हेर्ने हो भने कार्य समिति चयन गर्दा चुनावी प्रक्रियामा जानुपर्ने व्यवस्था भए पनि त्यसलाई नै अटेर गरेर उपसंयोजक र सदस्यले हस्ताक्षर गरेको भरमा ४५ भन्दा बढी सामुदायिक वनको समिति बनाइएपछि उच्च अदालत पाटनमा मुद्धा परेको हो ।

महिला श्रृजना सामुदायिक वन उपभोक्ता समूह हेटौँडा ८ की सचिव दुर्गा अधिकारीले छानविन गर्नका लागि मुद्धा दायर गरेकी हुन् । साथै केन्द्रमा समेत छानविनका लागि बोधार्थ पठाइएको छ । समिति चयन भएता पनि ती समितिमा चुनिएका वन उपभोक्ता समूहका कार्य समिति सदस्यहरुलाई नै आफु चुनिएको कुरा थाहा नभएको समेत सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी प्रतिनिधि चित्रकुमारी गुरुङले बताईन् ।

वि.संं २०७५ साल बैशाख २० गते सम्पन्न महासंघको प्रथम अधिवेशनको बन्द सत्रमा निर्वाचन समितिको पहिलो बैठकले ती कार्य समिति सदस्यहरु छानिएको कुरा उल्लेख गरिएको छ । माईन्यूटलाई हेर्दा निर्वाचन समितिका सहसंयोजक ध्रुवप्रसाद चौँलागाईँ र सदस्य बलराम अधिकारीले मात्र हस्ताक्षर गरेर नयाँ कार्य समिति चयन भएको देखिएको हो । सतर समितिकी संयोजक पञ्चमाया स्याङ्तानको भने कुनै हस्ताक्षर छैन ।

एक सदस्य सहित सहसंयोजकले मनलाग्दी चयन गरेको नयाँ कार्य समिति बारे अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेकोले समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*