पदमपोखरीमा जिम क्लब सञ्चालन

तु खबर संवाददाता
२०७५ जेष्ठ २३, बुधबार २०:०४

–चन्द्र घलान
हेटौँडा, २३ जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलनचोकमा बुधबारदेखि जिम क्लब संचालनमा आएको छ । जिम क्लबको आज एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका छन् ।

श्रृजनशिल टोल विकास संस्थाका अध्यक्ष लेखराम डिमडुङको अध्यक्षतामा गठित जिम क्लब संचालक समितिले व्यवस्थापन गर्ने गरि जिम क्लब संचालनमा आएको वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले जानकारी दिए । पदमपोखरीमा जिम क्लब खुलेसँगै स्थानीय युवाहरुले समेत फिटनेसमा चासो देखाएको घलानले बताए ।

हेटौँडा उपमहानगरपालिकाको २ लाख बजेट र स्थानीयको करिब ७० हजार गरि जम्मा २ लाख ७० हजारको लागतमा जिम क्लब संचालनमा आएको समितिका अध्यक्ष डिमडुङले जानकारी दिएका छन् । उपमहानगरपालिका प्रमुख महतको रोहोबरमा फिटनेस सामग्रीहरु ल्याएर संचालन गरिएको जिम क्लबको व्यवस्थापनको लागि न्यूनतम शुल्क लिएर जिम क्लब संचालन गरिने उनले बताए ।

नगरका १९ वटै वडामा फिटनेस सेन्टरका रुपमा जिम खोल्ने उदेश्य बोकेका मेयर महतको योजना अनुरुप जिम क्लबको सुरुवात भएको हो । उद्घाटन कार्यक्रममा मेयर हरिबहादुर महत, वडा अध्यक्ष ललित घलानसहित वडा सदस्य भुवन खनाल, समाजसेवी सिद्धिलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*