विश्व वातावराण दिवसको अवसरमा द टिम्वर कर्पोरेसन अफ नेपाल मकवानपुरले गर्यो वृक्षारोपण
मकवानपुर २२ जेठ । अड्चालीसौं विश्व वातावरण दिवस आज मकवानपुरमा पनि सरसफाई तथा वातावरण सम्बन्धी विभिन्न कार्याक्रमहरु गरी मनाईएको छ । मकवानपुरका स्थानिय तह ,विभिन्न सामाजिक सस्था, विध्यालय ,वन तथा वातावरण संग सम्बन्धीत कार्यालयहरुले वृक्षारोपण गरी वातावरण दिवस मनाएका छन् ।
त्यसैगरी द टिम्वर कर्पोरेशन अफ नेपाल मकवानपुरले पनि आज आफ्नो कार्यालय वरीपरी बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । वातावरण दिवसमा वोट विरुवा रोपेर वातावरण हराभरा बनाउन थोरै भएपनि सबैलाई प्रेरणा मिल्ने कार्यालयका सुचना अधिकारी महेन्द्र घिमिरेले जानकारी दिए ।
विरुवा रोप्दै कार्यालयका प्रमुख सुमन सिंहले वन र वातावरण जोगाउन सके मानव जिवननै हराभरा हुने धारणा राखे ।
कार्यालयले वन व्यवस्थापनबाट प्राप्तहुने काठ दाउरा व्यवस्थीत रुपले संकलन र चिरान समेत गरी विक्रि वितरणको काम गर्दै आएको छ ।
