लोथर खोलाबाट जेसिबि र टिपर सहित ४ जना चालक पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २२, मंगलवार १५:०३

मकवानपुर, २२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित लोथर खोलाबाट अनाधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै जेसिबि र टिपरसहित ४ जना चालकलाई पक्राउ गरिएको छ ।

प्रहरीले सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय प्रदिप श्रेष्ठ, बर्दियाको मधुवन नगरपािलका वडा नम्बर २ बस्ने २० वर्षीय रुपलाल चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय मैते चौधरी र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय शन्त बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । जेसिबी र टिपरसँगै नियन्त्रणमा लिइएका उनीहरुमाथि केही सार्वजनिक अपराध मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार बिहान ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले ढुङगा,गिटी र बालुवा उत्खनन् गरिरहेको अवस्थामा चितवनको फ्रेन्डशिप कन्स्ट्रक्सनको ना १ क ६८१९, ना १ क ६८०१ र एउटा अन टेस्ट गरि ३ वटा जेसिबिहरु र ना ७ ख ७९७६ नम्बरको टिपरलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरिएको हो ।

नियन्त्रणमा लिइएका जेसिबी र टिपरलाई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय हेटौँडामा पठाईएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*