‘हामी जुँगाको लडाई लड्दैनौँ, खौरी दिन्छौँ’–प्रधानमन्त्री ओली
हेटौँडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध सुधार्न आफु सफल भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई आज हेटौँडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले नेपाललाई कुनै पनि असर नपने गरि सम्बन्ध सुधारेको बताए ।
नेपाल–भारत सुधारका क्रममा आएको आलोचनातर्फ सँकेत गर्दै उनले भने–‘प्रधानमन्त्री भारत ककसरी गयो ? किन गयो भन्ने होईन देशको स्वाभिमान कस्तो रह्यो, सम्झौता कस्तो रह्यो, हामीलाई कस्तो फाईदा भयो ? त्यसतर्फ ध्यान दिनुपर्छ ।’
छिमेकीसँग सम्बन्ध सधैँ सुधार गर्नुपर्ने भन्दै उनले ठट्यौटी पारामा भने–‘हामी जुँगाको लडाई लड्दैनौँ खौरी दिन्छौँ, महिला दिदीबहिनीलाई आनन्द छ, आउँदै आउँदैन ।’
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले राष्ट्रिय हितको निम्ती भारतसँग सम्बन्ध सुधारेको र राष्ट्रहितका विरुद्ध एउटा पनि सम्झौता नगरेको बताए ।
