प्रधानमन्त्री ओलीले हेटौँडामा आएर प्रदेश राजधानी र प्रदेश नामाकरण बारे यसो भने
हेटौँडा, २१ जेठ । प्रदेश नम्बर ३ को राजधानी र नामाकरणका विषयमा प्रधानमन्त्री केपी ओलीबाट सम्बोधन होस् भन्ने चाहाना बोकेकाहरुलाई मत्थर पार्ने गरि प्रधानमन्त्री ओलीले राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने अधिकार प्रदेशसभाको भएको भन्दै साधारण जवाफ दिएका छन् ।
‘ हेटौँडामा राजधानी भएरमात्र विकास हुन्छ भन्नु भनिठान्नु भा होला, त्यस्तो होईन ।’ उनले भने, ‘यो समझदारीमा हुनुपर्छ, र प्रदेशसभालाई त्यो अधिकार संविधानले दिएको छ ।’
प्रदेशका नामाकरणका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले नामाकरण ठूलो कुरा नभएको बताए । ‘प्रदेशको नामाकरण, यो ठूलो कुरा हो र ? यो अधिकार प्रदेशसभाको हो, यसलाई विवादको विषय बनाउन जरुरी छैन ।’ उनले भने । प्रधानमन्त्री ओलीले सोमबार ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।
