हेटौँडा कपडा फ्याक्ट्री पूनः सञ्चालन हुने

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १३:३०
तस्बिर–गुगल

–चन्द्र घलान
हेटौँडा, २१ जेठ ।
कुनै समय देशभरमा नै चर्चा कमाएर एकाएक बन्द भएको हेटौँडा कपडा उद्योग (हेटौँडा टेक्सटायल कम्पनी) पूनः सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै गर्दा हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो वचन नफेरेमा लामो समयदेखि बन्द भइ खण्डहरमा परिणत हुने क्रममा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन हुनसक्ने देखिएको छ । ‘ हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ, मैले हेटौँडा कपडा उद्योग टेक्स्टाईल फेरि चलाउने अठोट गर्या छु, फेरिचल्छ,’ उनले भने, ‘त्यसका निम्ती नयाँ मेसिन जडान गरिनेछ, निजी क्षेत्रलाई पनि व्यवस्थापनको जिल्ला दिईनेछ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शेयर हाल्न लगाउने निती ल्याउने बताउँदै देशलाई आधुनिकीकरण र कृषिकरणमा लान जोड दिए । सरकारी क्षेत्रको मात्र उद्योगमा लगानी हुँदा त्यसलाई फेरि हामीले सिध्याउने काम मात्र गर्ने बताउँदै उनले हेटौँडा कपडा उद्योगमा पनि निजी लगानीलाई प्रोत्सहान दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*