हेटौँडामा प्रधानमन्त्री ओलीले भने–‘हामीले कपडा कारखाना र जुत्ता कारखाना सिध्याईदियौँ’

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १३:१५
फाइल फोटो

–चन्द्र घलान
हेटौंडा, २१ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हामी नेपालीहरुमा उपभोगवादी प्रवृत्ति हाबी हुँदै गएका कारण देशका विभिन्न कारखाना बन्द भएको बताएका छन् । ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कपडा कारखाना, जुत्ता कारखाना लगायतका कारखाना हाम्रै कारण बन्द भएको बताएका हुन् ।

‘हामी नेपालीहरु ग्रिब छैनौँ, हामीले कपडा कारखाना सिध्याईदियौँ तर कपडा राम्रै लाउनुपर्छ । जुत्ता कारखाना पनि सिध्याइदियौँ तर हामीलाई जुत्ता राम्रै लाउनुपर्छ, हामीले कपास खेती सिध्याइदियौँ तर कपडा राम्रै लाउनुपर्छ ।’, उनले भने, ‘हामीमा उपभोगवादी प्रवृत्ति बढ्दै गएको छ, हामी उत्पादन मुखी भएनौँ ।’

उनले नेपालीहरुले मोटा चामल भन्दा पनि सिता लामो भएको चामल आयात गरेको बताए । काम गर्न छोड्ने र आयात तथा रेमिट्यान्समा भर पर्दै गएको बताए । नेपालीहरुले कुहिएका माछामा हानिकारक रसायन प्रयोग गरिएको थाहा पाउँदा पनि भारतबाट आयता गरेर खाने गरेको बताए । नेपालीहरुले विशाक्त चिजहरु किने खाने गरेको भन्दै स्वास्थ्य लाभ नगर्ने रेडबुल, अरबौँका पेयपदार्थ किनेर खाने गरेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालीहरुले आफ्नो आनीबानी सच्याउन जरुरी रहेको बताउँदै उत्पादन र रोजगारीका अवसर सिर्जना गराउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*