३ नम्बर प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनमा ढिलाई

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार ११:३५
फाइल फोटो

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भनिएता पनि सम्बोधनमा ढिलाई भएको छ । बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री ओली प्रदेशसभामा आउन ढिला भएका कारण सम्बोधनमा ढिलाई भएको हो ।

३ नम्बर प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीको पर्खाईमा समय अगावै पुगेका सांसदहरु तथा पत्रकारहरु उनको आगमनको व्यग्र पर्खाईमा छन् । ओलीले ७ वटै प्रदेशको संसदमा सम्बोधन गर्ने क्रममा ३ नम्बर प्रदेशको बैठकमा पनि सम्बोधनको कार्यक्रम राखिएको बताइएको छ । यस अघि नै उनले ५ नम्बर प्रदेशमा सम्बोधन गरिसकेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीको सम्बोधनमात्र हुने बताइएको छ । प्रदेशसभामा सम्बोधन पश्चात ओलीले प्रदेशमन्त्रीहरुसँग अन्तरक्रिया गर्नुका साथै कार्यकर्ताहरुलाई निर्देशन समेत दिने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) श्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*