प्रदेश ३ मा आर्थिक वर्ष २०७५–०७६ भित्रै सबै कानुन निर्माण गरिने
हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा यसै आर्थिक वर्ष २०७५–०७६ भित्रमा प्रदेशलाई आवश्यक पर्ने सबै कानुन निर्माण गरिने भएको छ ।
आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रदेशको शासकीय प्रवन्ध एवं संगठनात्मक संरचनाको परिमार्जन र सुदृढिकरण गर्दै कानून बनाउने कार्यलाई प्राथमिकता दिइने र आ.व. २०७५–०७६ भित्रमा प्रदेश सरकारका बिभिन्न मन्त्रालयले पहिचान गरेका आवश्यक कानून निर्माण गरिने बताइएको छ ।
