छुवाछूतको आरोपमा गुरुकूलका अध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार १४:४७
File Photo

झापा, १५ जेठ । भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

चापागाईंमाथि जातीय छुवाछूत गरेको किटानी जाहेरी परेको थियो । प्रहरीले शनिबार राति नै गुरुकूलका शिक्षक राजन पौडेललाई पक्राउ गरे पनि असम्बन्धित भनी सोधपुछपछि छाडिदिएको थियो । गुरुकूलको शनिबार आयोजित विशेष साधारणसभाले विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*