प्रेमीसँगै घुम्न आएकी युवती होटलमा मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १४:५५
File Photo

नुवाकोट, १४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको जनाएको छ ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*