हाँडीखोलाका २ जना भिमफेदी कारागार चलान
मकवानपुर, १३ जेठ । वि.सं. २०७२ साल मंसिर ५ गते जिल्ला अदालत मकवानपुरबाट वन मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरको साविक हाँडीखोलाका २ व्यक्तिहरु भिमफेदी कारागार चलान भएका छन् । जिल्ला अदालत मकवानपुरले साविक हाँडीखोला ४ का आत्मराम रुम्बा र दिनेश गोङ्बालाई १० दिन कैद भुक्तानका लागि आईतबार भिमफेदी जेल पठाएको हो ।
उनीहरुलाई २५ दिन जेल सजाय र नगद रु २ हजार १ सय १२ रुपैयाँ जरिवाना तोकिएको अवस्थामा उनीहरु फरार भएका थिए । उनीहरुलाई आईतबार ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले बाँकी रहेको १० दिन सजाय भुक्तानको लागि जेल पठाएको प्रहरीले बताएको छ ।
