अत्याधुनिक भनिएको बस गुडिरहेकै अवस्थामा आगो लागेर ध्वस्त

तु खबर संवाददाता
२०७५ जेष्ठ १२, शनिबार १४:४१

काठमाडौँ, १२ जेठ । नेपालकै अत्याधुनिक सेवा सुविधासम्पन्न भनिएको यात्रुबहाक बस गुडिरहेकै ठाउँमा आगलागी भइ ध्वस्त भएको छ । काठमाडौंबाट डडेलधुराको लागि छुटेको बसमा गुडिरहेकै अवस्थामा एक्कासि आगो लागेको हो ।

उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको यात्रुवाहक बस शुक्रबार कोहलपुरको बासगढी नजिकै ओभरट्याग गर्ने क्रममा आगो लागेको हो । उग्रतारा यातायातले नेपालमै पहिलोपटक शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो । उक्त बस ओरभट्याग गर्ने क्रममा अगाडीको चक्कामा आगो उब्जेपछि फैलिएर पूर्ण रूपमा गाडी ध्वस्त भएको प्रहरीले जानकारी दिएका छन् । बस जलेर पूर्ण रूपमा ध्वस्त भए पनि बसमा सवार यात्रु सबै सकुशल रहेका छन् । दमकल समयमा नपुग्दा बस जलेर ध्वस्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*