मिस नेपाल श्रृङ्खला खतिवडाले चेपाङ वस्तीमा स्वास्थ्य संस्था स्थापना गर्ने

तु खबर संवाददाता
२०७५ जेष्ठ १०, बिहीबार १०:१४
मिस नेपाल श्रृङ्खला खतिवडाले मकवानपुरको भार्ताा यात्राको क्रममा खिचेका तस्बिरहरु, श्रोत–श्रृङ्खलाको ईन्स्टाग्राम

–चन्द्र घलान
मकवानपुर, १० जेठ ।
मिस नेपाल वल्र्ड शृङखला खतिवडाले मकवानपुरको विकट कैलाश गाउँपालिकामा रहेको चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गर्ने बताएकी छिन् । उनले सोसियल साईट ईन्स्टाग्राम मार्फत भिडियो तथा फोटो सेयर गर्दै स्वास्थ्य संस्था स्थापन गर्ने बताएकी हुन् । मंगलबार कैलाश गाउँपालिका वडा नम्बर ७ भार्तामा पुगेकी उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी समेत गरेकी छिन् ।

चेपाङ वस्तीको बाहुल्यता रहेको भार्तामा बाल विवाह ८६ प्रतिशत रहेको उल्लेख गर्दै उनले त्यहाँका धेरै जसो बालबालिकाहरु कुपोषणको शिकार भएको बताएकी छिन् । उनले ८ सन्तानकी एक बत्तिस वर्षिय आमालाई समेत भेटेको उल्लेख गरेकी छिन् । त्यहाँका ४० प्रतिशत गर्भवती महिलाहरुले मात्र सुरक्षित सुत्केरी सेवा लिने गरेको उनले ईन्स्टाग्राममै उल्लेख गरेकी छिन् ।

हेल्थपोष्ट पुग्नका लागि कम्तिमा पनि साढे २ घण्टा लाग्ने र वर्षाको समयमा करिब ५ घण्टासम्मको बाटो हिँड्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय लिएकी हुन् । उनी पाठेघर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क महिला स्वास्थ्य शिविर संचालनका क्रममा त्यहाँ पुगेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*