पशुपतिनाथमा सामूहिक बादविवाद
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा शुक्रबार सामूहिक बादबिबाद प्रतियोगिता आयोजना गरिएको छ । सामाजिक सञ्जालको प्रयोगले निम्त्याएको सकारात्मक र नकारात्मक प्रभावका बारेमा सामूहिक बादबिबाद गराइएको हो । प्रत्येक समूहमा ३ जना विद्यार्थी सहभागी थिए ।
एस्थर बेन्जामिन स्मृति संस्थाको सहयोगमा गरिएको सामूहिक बादबिबाद प्रतियोगितामा कक्षा ९ र १० का १८ जना बालबालिकाले भाग लिएका थिए । ६ वटा समूहलाई तीन चरणमा गराइएको प्रतियोगिताका बिजेता विद्यार्थीलाई मेडल, स्टेशनरी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, एस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम संयोजक केदार आचार्यले यसप्रकारको प्रतियोगिताले विद्यार्थीको अध्ययनमा समेत सहयोग पुग्ने बताए ।

