हेटौँडामा ३ सय ५० लिटर घरेलु मदिरा बरामद

तु खबर संवाददाता
२०७५ बैशाख ३१, सोमबार २०:५१

हेटौँडा, ३१ बैशाख । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ का विभिन्न स्थानबाट सोमबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

प्रहरीले करिब ३ सय ५० लिटर घरेलु मदिरा तथा करिब ८०० लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी हेटौँडा स्थित राप्ती खोला छेउमा नष्ट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*