प्रदेश ३ को राजधानी अध्ययन समिति सभापतिमा निरौँला चयन, राजधानी कहाँ बन्ला ?

तु खबर संवाददाता
२०७५ बैशाख ३१, सोमबार २०:२९

हेटौँडा, ३१ बैशाख । ३ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ तोक्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिको सभापतिमा दिपक निरौला चयन भएका छन् । ज्येष्ठ सदस्य सरस्वति बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सभापतिमा निरौलालाई चयन गरेको हो ।

बैठकले समितिको कार्यविधि एवं आचारसंहितबारे छलफल गरी सैद्धान्तिक रुपमा टुंगो लगाएको सभापति निरौलाले जानकारी दिए । यसलाई आउँदो बैठकबाट पारित गर्ने उनको भनाई छ । यसअघि आईतबार बसेको बैठकले निर्णय गरे अनुसार ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालयका मूख्य सचिव रेश्मीराज पाण्डेलाई बैठकमा बोलाई संघीय सरकारले यसअघि गठन गरेको अध्ययन समितिको प्रतिवेदनसहित यसबारे जानकारी लिएको छ ।

समितिको जेठ ३ गते बस्ने अर्को बैठकमा राजधानी, आचारसंहिता लगायतका बारेमा छलफलका लागि ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल र विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलाई बोलाउने निर्णय भएको समिति सभापति निरौलाको भनाई छ । बैठकले सम्भावित स्थानको स्थलगत अध्ययनसहित जनप्रतिनिधिसंग र विज्ञहरुसंग छलफल गर्न सक्ने निरौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*