ज्यान मुद्धाका फरार प्रतिवादी आफैं भए जिल्ला अदालत मकवानपुरमा उपस्थित

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार २०:४६

मकवानपुर २७ बैसाख । ज्यान मुद्धाका फरार प्रतिवादी आज विहिबार जिल्ला अदालत मकवानपुरमा आफैं उपस्थित भएका छन् ।
मकवानपुरका नयाँ प्रहरी उपरीक्षक लोकेन्द्र क्षेष्ठले फरार अपराधी पक्राउ अभियान चलाएपछि फरार प्रतिवादी हेटौंडा १७ का विकास कुमार थिङ आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकरी दिएको छ ।

प्रहरीको जानकारी अनुसार प्रतिवादी थिङलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार कार्यालयमा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*