क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ जना पक्राउ
तेह्रथुम, २७ वैशाख । तेह्रथुमको आठराई संक्रान्ति बजारबाट क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुईजना भारतीयसहित ६ जना पक्राउ परेका छन् ।
उनिहरुलाई बुधवार दिउँसो क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेको अवस्थामा भारतीय नम्बरप्लेटको गाडी सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दमक १ झापाको का दिनेश सुब्बा र दमक २ का आशिष सुब्बा, दिपक सुब्बा र मनतुला धिमाल रहेका छन् भने भारतको सिकिम, गान्तोकका भूपाल राई र पश्चिम बंगालका पवन राई रहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जानाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय तेह्रथुम पठाइएको छ ।
