भरुवा बन्दुक र गाँजासहित मकवानपुरको बकैयाबाट २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख २३, आईतवार २२:२५
File Photo

मकवानपुर, २३ बैशाख । ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले शनिबार भरुवा बन्दुक र अवैध लागुऔँषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बकैया गाउँपालिका वडा नम्बर ११ मोरंगे बस्ने बर्ष ३० को झलकमान न्यासुर र विजय योञ्जनलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये न्यासुरको गोठबाट लुकाई छिपाई राखेको भरुवा बन्दुक नाल १ र लागुऔषध गाँजा १ केजी बरामद गरेको बताइएको छ । त्यस्तै योन्जनको खाली गोठबाट भरुवा बन्दुक १ नाल फेला परेको बताइएको छ ।

उनीहरुलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*