पत्रकार महासंघ प्रदेश ३ निर्वाचनको मतगणना जारी, अधिकारी र विष्टले कहाँ कति मत प्राप्त गरे ?

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार १७:०४

हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को मतदान सकिएसँगै मतगणना पनि अन्तिम चरणमा पुगेको छ । केही जिल्लाका अन्तिम मतपरिणाम पनि आईसकेको छ भने केहीमा अझै मतगणना जारी छ ।

यो समाचार तयार पार्दासम्म मकवानपुरमा मतगाणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार गिरिजा प्रसाद अधिकारी अग्रपंक्तीमा उभिएका छन् । उनले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार प्रताप विष्टलाई ७ मतले पछाडि पारेका छन् । अधिकारीले ५५ मत र विष्टले ४८ मत प्राप्त गरेका छन् । कुल ११८ मतदाता रहेको मकवानपुरमा १०४ मत खसेको थियो जसमध्ये १ मत बदर भएको छ ।
त्यस्तै चितवनमा भने विष्ट अगाडि भएका छन् । उनले १०२ मत प्राप्त गरेका छन् भने अधिकारीले ५२ मत प्राप्त गरेका छन् । दोलखा जिल्लामा पनि विष्ट नै अगाडि भएका छन् । उनले ४५ मत र उनका प्रतिद्वन्दी अधिकारीले १९ मत प्राप्त गरेका छन् । रसुवा जिल्लामा अधिकारीले २ मत र विष्टले १८ मत प्राप्त गरेका छन् ।

काभ्रे जिल्लामा विष्टले ८९ र अधिकारीले ४२ मत प्राप्त गरेका छन् भने धादिङमा विष्टले ७६ र अधिकारीले ३५ मत प्राप्त गरेका छन् । त्यस्तै सिन्धुपाल्चोकमा अधिकारीले ४४ मत र विष्टले ३६ मत प्राप्त गरेका छन् भने नुवाकोटमा अधिकारीले ३३ र विष्टले २९ मत प्राप्त गरेका छन् । यो नतिजा अनुसार विष्ट अगाडि छन् । बाँकी जिल्लाको मत परिणाम भने आउन बाँकी छ ।

निर्वाचनमा कुल १२८४ मतदाता रहेका थिए । कुल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २ सय ८० महिला पत्रकार रहेको थियो । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा २४० जना रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*