मकवानपुरमा गठबन्धनका उम्मेदवारलाई झट्का, ७ मतले स्वतन्त्र उम्मेदवार अधिकारी अगाडि
हेटौँडा, २२ बैशाख । प्रदेश नम्बर ३ को मकवानपुरमा नेपाल पत्रकार महासंघको प्रदेश स्तरीय चुनावको मतगाणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार गिरिजा प्रसाद अधिकारी अग्रपंक्तीमा उभिएका छन् ।
उनले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार प्रताप विष्टलाई ७ मतले पछाडि पारेका छन् । अधिकारीले ५५ मत र विष्टले ४८ मत प्राप्त गरेका छन् । कुल ११८ मतदाता रहेको मकवानपुरमा १०४ मत खसेको थियो जसमध्ये १ मत बदर भएको छ ।
अन्य जिल्लाको समेत मतदानको नतिजा केही समयमा आउने अनुमान गरिएको छ । निर्वाचनमा कुल १२८४ मतदाता रहेका थिए । कुल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २ सय ८० महिला पत्रकार रहेको थियो । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा २४० जना रहेका थिए ।
