पत्रकार महासंघ प्रदेश स्तरीय चुनाव : चितवनमा पनि मतदान जारी
चितवन, २२ बैशाख । नेपाल पत्रकार महासंघमा सबैभन्दा बढी मतदाता भएको जिल्ला चितवनमा महासंघको प्रदेश स्तरीय चुनावमा मतदान जारी छ । प्रदेश ३ को कार्यसमितिमा अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएपनि अध्यक्ष पदमा चुनाव निर्वाचन भएको हो । अध्यक्ष पदमा प्रताप विष्ट र गिरीजा प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।
चितवनमा विहान ८ बजेदेखी नै निर्वाचन सुरु भएको नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार निर्वाचन अपरान्ह ४ बजेसम्म हुनेछ । मतदानपछि लगत्तै मतगणना हुने बताइएको छ ।
कुल १२८४ मतदाता मध्ये चितवनमा मात्रै २ सय ८० जना मतदाता छन् । कुल मतदातामध्ये १ हजार ४ पुरुष र २८० महिला पत्रकार रहेको छ ।
