अज्ञात समूहद्वारा बसमा आगजनी

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार १२:२८
File Photo

ईलाम, २२ बैशाख । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*