उपमेयरको घर नजिक बम विस्फोट, घरमा क्षति

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार १२:१२

हेटौँडा, २२ बैशाख । मुलुकका विभिन्न स्थानहरुमा बम विस्फोट हुँदा सामान्य क्षतिहरु भएका छन् । चितवनको राप्ती नगरपालिका भण्डारामा उप मेयरको घर नजिक शुक्रवार राति भएको वम विष्फोटमा उप मेयर ईमानसिङ लामाको घरको झयालका सिसाहरु फुटेको छ ।

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै एउटा वम भेटिएको छ । बम डिस्पोज गर्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । बम पड्काउनेको खोजिकार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै गुल्मीमा गए राति दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ । वलेटक्सारको जंगल र सदरमुकाम तम्घासको खानीगाउँमाथीको जंगलमा वम विष्फोट भएको अननुमान गरिएको छ ।

राती सदरमुकाम तम्घासमा वम विष्फोटनको ठुलो आवाजले निद्रमा परेका मानिसहरु समेत जागेका थिए । आजको बन्द आव्हान गरेको विप्लप नेतृत्वको नेकपा मओवादीले गएराति साँझ सदरमुकाम तम्घासमा मशाल जुलुश गर्ने सुचना प्राप्त भएपछि दिनैभर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । वम विष्फोट लगत्तै सदरमुकामको सोही स्थान आसपास मोटर साईकलमा रहेका एक जनालाई नियन्त्रणमा लिईएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*