पत्रकार महासंघको प्रदेश स्तरीय चुनाव आज बिहान ८ बजेदेखि

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार ०६:५७

हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को निर्वाचन आज हुँदैछ । निर्वाचन हुने सबै जिल्लामा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मलाई मतदान गर्ने समय तोकिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ मा अध्यक्ष पदको लागि मात्र निर्वाचन हुन लागेको हो । अध्यक्ष बाहेकका सबै पदमा तीन संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । घोषणा हुन भने बाँकी छ ।
यसैबिच अध्यक्ष पदको लागि भने ३ संगठनका साझा उम्मेदवार प्रताव विष्ट र स्वतन्त्र उम्मेदवार गिरिजाप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।
निर्वाचनमा कुल १२८४ मतदाता रहेका छन् । कुल १२८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २८० महिला पत्रकार रहेको जनाइएको छ । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा रहेका छन् । चितवनबाट २४० जना पत्रकारले मतदान गर्न पाउने बताइएको छ । निर्वाचनको नतिजा आज साँझसम्ममा आइसक्ने अनुमान गरिएको छ ।

प्रदेश नम्बर ३ को मकवानपुरमा चुनावका लागि पत्रकार महासंघको भवनमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मकवानपुरबाट ११८ जना मध्ये करिब १ सय भोट खस्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*