हेटौँडा थानाभर्याङमा रहेको तौलपुल बन्द गरिने

तु खबर संवाददाता
२०७५ बैशाख २१, शुक्रबार २१:१८

हेटौँडा, २१ बैशाख । मकवानपुरको हेटौंडा–११, थानाभर्याङमा रहेको नारायणी यातायात व्यवसायी संघद्धारा सञ्चालित तौलपुल बन्द गरिने भएको छ । तौल पुललाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरेको हो ।

संघले तौलपुलमा अनियमितता गरी थोरै राजश्व दाखिला गरेको पाईएकोले तौलपुल बन्द गराउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । संघले तौलपुलगरे बापत माल बाहक ट्रकबाट २ सय ३५ रुपैयाँ लिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*