थाहा नगरमा ३ दिने नागरिकता शिविर हुने

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १८:४५

हेटौँडा, २० बैशाख । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकालाई लक्षित गरी ३ दिने नागरिकता प्रमाण–पत्र वितरणसम्बन्धी घुम्ती शिविर संचालन गर्ने भएको छ ।

कार्यालयले जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले यही बैशाख २१, २२ र २३ गते थाहा नगरपालिका र कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ लाई लक्षित गरी थाहा नगरपालिका अन्तर्गतको पालुङमा नागरिकता प्रमाण–पत्र वितरण गर्न थालेको हो । प्रशासनले घुम्ती शिविरमा सेवा लिएर लाभान्वित हुन समेत अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*