मकवानपुरका सबै विद्यालयमा खेलकुद शिक्षक व्यवस्था गर्न माग

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १८:३३

हेटौँडा, २० बैशाख । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले मकवानपुरका सबै विद्यालयहरुमा खेलकुद शिक्षकको व्यवस्था गर्न माग गरेको छ । संघले आज जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललाई पाँच बुदे ध्यानाकर्षण पत्र बुझाउँदै खेलकुद शिक्षकको व्यवस्था सहित विभिन्न माग गरेको हो ।

ज्ञापन पत्रमा खेलकुद शिक्षकको अनिवार्य ब्यवस्था गर्नुपर्ने माग सहित प्रत्येक विद्यालयको वार्षिक बजेटमा खेलकुदको लागि रकम विनियोजन गर्नुपर्ने, स्थानीय तहहरुले खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने, प्रत्येक विद्यालयमा नियमित खेलकुदको ब्यवस्था तथा स्थानीय तहले विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आयोजना हुनुपर्ने लगायतको माग उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख खुलालले सम्बन्धित निकायमा समन्वय गर्ने र मागलाई पुरा गर्न सक्दो प्रयास गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*