गृहमन्त्रीले हेटौँडामा भने–‘ भ्रष्टाचार, सिण्डिकेट र तस्करीलाई समाप्त पारिन्छ’

तु खबर संवाददाता
२०७५ बैशाख १८, मंगलवार १९:२९
file photo

हेटौँडा, १८ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिण्डिकेट, भ्रष्टचार र तस्करीलाई समाप्त पारेरै छाड्ने चेतावनी दिएका छन् । यस अघि समेत सिण्डिकेट लगायतका विषयमा अडिग रहेका मन्त्री बादलले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको दाबी गरे ।

३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै भ्रष्टाचार, सिण्डिकेट र तस्करी विकासका लागि बाधक रहेको भन्दै सरकार यसलाई समाप्त पार्न सरकार अग्रसर रहेको बताए । मन्त्री बादलले केही व्यवधान र विलम्ब भएपनि छिट्टै दुई पार्टी एकिकरण हुने दाबी गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए । छिट्टै प्रधानमन्त्री केपि शर्मा ओलीले अर्को छिमेकी देशको भ्रमण गर्ने भन्दै उनले दुुई छिमेकीसँगको सुदृढ सम्बन्धले देश विकासमा सहयोग पुग्ने उनको भनाई छ । उनले बाम गठबन्धन नेतृत्वको सरकारको मूख्य जनादेश विकास र समृद्धि भएको भन्दै यसका लागि सुशासन, सुरक्षा र स्थानीयत्व आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*