संकल्प पुडासैनीद्वारा विद्यालयलाई साहित्यिक पुस्तक हस्तान्तरण
मकवानपुर । नयाँ वर्षको अवसरमा साहित्यकार रामशरण पुडासैनी र पत्रकार संगीता थापाकी छोरा संकल्प पुडासैनीले लेकाली बसिफाँट माद्यमिक विद्यालयलाई एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् ।
संकल्पले विद्यालयका शिक्षक यश लामालाई आफ्नै निवास हेटौंडा–४ मा साहित्यिक तथा अन्य पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक लिएपछि विद्यालयका शिक्षक यश लामाले ग्रामीण भेगका विद्यार्थीलाई ज्ञान बाँड्नको लागि सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
