तरुण दलको आयोजनामा खुल्ला दौड, सविन भ्लोन पहिलो
मकवापनुर । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा आज खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
नयाँ वषको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै ५ किलोमिटर दौड प्रतियोगितासमेत भएको थियो । प्रतियोगितामा सविन भ्लोन पहिलो, सन्जिव मिजार दोस्रो र सागर लामा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे ।
मकवानपुरका ३० जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा लिसन गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।
नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष रामहरी तिमल्सिना, महाधिवेशन प्रतिनिधि होमनाथ गौतम, वडा सचिव भरत सापकोटा लगायतले बोलेका थिए । आयोजित कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतको सहभागिता रहेको थियो ।
